loader

Breaking News

जीटीए सभा टिस्टा त्रासदी एपिसोड 2 नबनोस्

Image
 

 

21 जनाको ज्यान.... 4 सयभन्दा धेर पैह्रो.....  6 सयभन्दा बढी  घर....60 भन्दा धेर बाटो...10 वटा पुल.......740 करोड़ रुपियाँभन्दा धेर सम्पत्तिको क्षयक्षति.....
यी हुन् गत 4 र 5 अक्टोबरमा भएको भल-पैह्रो तथा बाढ़ीले गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन अन्तर्गत पुऱ्याएको क्षयक्षतिको न्यूनतम विवरण.... 
के पीड़ित जनसाधारणले यसको उचित क्षतिपूर्ति पाउलान् त....
 के पहाड फेरि आफ्नो पुरानो अवस्थामा फर्किन सक्ला त...
किनकि....भोलि 13 अक्टोबर सोमवार जीटीएको सभा बस्दैछ....सभाको मुख्य विषय पनि पहाड़मा भएको क्षयक्षतिबारे नै छ....अनि अर्कोतिर राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी पनि सम्भवत भोलि बेलुकी नै दार्जीलिङ पहाड़ चढ्दैछिन्....
भोलिको सभाले कस्तो रिपोर्ट तयार पार्ने हो....राज्य र केन्द्र सरकारलाई जीटीएले दबाउ दिन सक्ने हो होइन... दबाउ दिनसके पनि विगतमा झैं केन्द्र र राज्यले पहाड़का लागि न्यायपूर्ण दृष्टिकोण राख्ने हो-होइन.....यस्तै-यस्तै आशंकाबिच भोलि जीटीएको सभा भइरहेछ.......
........................................................
भोलि अर्थात् 13 अक्टोबर सोमवार दार्जीलिङको गोर्खा रंगमञ्च भवनमा जीटीएको सभा बस्नेभएको छ। भोलिको सभा प्राकृतिक प्रकोपले जीटीए क्षेत्रमा पुऱ्याएको क्षयक्षतिमाथि नै केन्द्रित रहनेछ।
पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी सम्भवत भोलि बेलुकी नै दार्जीलिङ पहाड़ चढ़्ने भएकी छन्। मुख्यमन्त्री आउनअघि जीटीए सभाले प्राकृतिक प्रकोपबारे विस्तृत रूपमा चर्चा गर्दै पहाड़का विभिन्न ठाउँहरूमा पुऱ्याएको क्षय-क्षतिमाथि एउटा कंक्रिट रिपोर्ट बनाएर मुख्यमन्त्रीलगायत केन्द्र सरकारलाई समेत बुझाउने भएको छ।
यसभन्दा अघि जीटीएको सभा 24 अक्टोबर 2024 –मा भएको थियो।
गत 4 र 5 अक्टोबरमा आएको अविरल वर्षाको कारण जीटीए अन्तर्गत विभिन्न क्षेत्रमा गएको पैह्रो, भूस्खलन तथा बाढ़ीले धेरै क्षयक्षति पुऱ्याएको छ। जीटीए अन्तर्गत दार्जीलिङ पहाड़मा मात्र अहिलेसम्म 730 करोड़ रूपियाँभन्दा धेर सम्पत्तिको क्षयक्षति भएको छ भने कालेबुङ पहाड़मा 10 करोड़ रुपियाँभन्दा धेर सम्पत्तिको क्षति भएको थाहा लागेको छ। यसैबिच, क्षयक्षतिको रिपोर्ट अझै पनि पहाड़का कतिपय ठाउँहरूबाट आइरहेको बताइएको छ।
जानकारी अनुसार जीटीए अन्तर्गत  दार्जीलिङ पहाड़को मात्र कुरा गर्ने हो भने 406 ठाउँमा पैह्रो तथा भूस्खलन गएको,  546 वटा घर, 67 वटा बाटो, 10 वटा पुल अनि 59 वटा वाटर कनेक्सन पूर्णरूपले क्षतिग्रस्त बनेको अनि 730 करोड़ रूपियाँभन्दा धेर सम्पत्तिको क्षति भएको रिपोर्ट छ। यसैगरी, कालेबुङ पहाड़मा 21 वटा पक्की घर क्षतिग्रस्त बनेको अनि 10 करोड़ रुपियाँभन्दा धेर सम्पत्तिको क्षयक्षति भएको रिपोर्ट छ।
धेरै लामो समयपछि भोलि भइरहेको जीटीए बैठकले पहाड़मा भएको क्षयक्षतिलाई लिएर कस्तो रिपोर्ट तयार पार्ने हो यसैमा सबैको ध्यान टिकेको छ। एकातिर धेरैले पहाड़को प्राकृतिक प्रकोपलाई राज्य आपदा घोषणा गरियोस् भन्ने माग गरिरहेका छन् भने अर्कोतिर टिस्टा त्रासदीमा जस्तो सरकारको अदेखाको शिकार यसपालि चाहिँ  पहाड़ नबनोस् भन्नेहरू पनि छन्। 
विगतको टिस्टा त्रासदीमा जसरी टिस्टापारि सिक्किमले राज्य आपदा घोषणा गरेर त्यहाँका राज्यवासीलाई राज्य अनि केन्द्र सरकारबाट पाउनुपर्ने उचित क्षतिपूर्ति अनि सहूलियतहरू उपलब्ध गराइँदा यता पश्चिम बंगालको जीटीए अन्तर्गत पहाड़ी क्षेत्रमा भने कुनै प्रकारको आपदा घोषणा नगरी सरकारहरूले उदासीनता देखाएको कसैले बिर्सेको छैन।
यसपल्ट यस्तो नभइदेओस्.... 
अहिलेसम्मको घटनाक्रम हेर्दा सबै राजनैतिक दलका नेतृत्वहरू प्रभावित क्षेत्रमा पुगेर आ-आफ्ना पक्षबाट आफ्नो उत्तरदायित्व निभाइरहेका छन्.....यो एउटा सकारात्मक संकेत पनि हो.... यसैले,  यो समय एकाअर्कालाई दोषारोपण नगरी जीटीएको सत्तामा बस्ने अनि विपक्षमा बस्नेहरू सबै मिलेर भोलिको सभामा कंक्रिट रिपोर्ट तयार गर्दै सरकारलाई दबाउ दिन तर्फ लाग्नुपऱ्यो.....  
मुख्यमन्त्री आउँदैछिन्..... चुनाउ पनि आउँदैछ..... यसर्थ.... सरकारलाई दबाउ दिनसक्ने परिवेश तयार पार्ने यो उत्तम समय पनि हो.... 
सही समयमा सही पाइला चाल्नुपऱ्यो..... पीड़ितहरू र पहाडले न्याय पाउनु पऱ्यो...
नत्र यो पनि..... टिस्टा त्रासदी एपिसोड 2 बन्नेछ.....


Leave a Comment